11:43PM
माघ ३० गते २०८१

लागु औषधसहित चार जना पक्राउ

भाद्र १० गते २०८१
2:53 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । ललितपुरबाट लागु औषधसहित चार जना पक्राउ परेका छन्।
महालक्ष्मी नगरपालिका १ तिमल्सिना चोकमा रहेको चियाचु क्याफ्बाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। गएराति लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

उक्त टोलीले सोही ठाउँमा बस्ने २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका ७ बस्ने ३५ वर्षीय पदम लामा, सानागाँउ बस्ने २९ वर्षीया सबिना महर्जन र महालक्ष्मी नगरपालिका ९ बस्ने २९ वर्षीय अमुल पोख्रेललाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले ७० पत्ता ट्रामाडोल, एउटा खुकुरी र मोटरसाइकल बरामद गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

रिप्लाई गर्नुहोस