10:09PM
माघ ३० गते २०८१

भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

श्रावण ३२ गते २०८१
7:14 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । भक्तपुरको गठ्ठाघरमा हिजो भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र समितिले आजदेखि काम थालेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले आज छानबिन समिति गठन गरेको हो । गृहमन्त्री लेखकले यसअघि घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक आईजीपी वसन्त कुँवरलाई निर्देशन दिनुभएको थियो ।

हिजो दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–४ घर भई काठमाण्डौका कपन बस्दै आएका उत्तम कोइरालाको घटनास्थलमै ज्यान गएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनालगत्तै स्थानीयवासीले असुरक्षित रूपमा ट्राफिक प्रहरीले गाडी जाँच गर्ने गरेको भन्दै विरोध प्रदर्शनसमेत गरेका थिए ।

रिप्लाई गर्नुहोस