07:18PM
चैत्र २ गते २०८१

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

श्रावण ३१ गते २०८१
10:27 AM
Author Avatar
आर्थिक मञ्च

मोरङको विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार हिजो राति ९ः३५ बजेतिर उक्त दुर्घटना भएको हो । स्थानीय पिपलचोकमा को१च ५१९१ नम्बरको कारले मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाइकलका चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका थिए । कारका चालक मोरङै पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस