लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीले ६ किलो २४ ग्राम लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
हिजो कतार एअरवेजको विमानमार्फत काठमाण्डौ आएका ५१ वर्षीय लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान जाँचका क्रममा कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले बोकेको ह्यान्ड क्यारी सुटकेसभित्र कोकिन भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । बरामद गरिएको कोकिनको बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ बराबर रहेको प्रहरीले भनाइ छ ।
