07:53AM
जेठ १ गते २०८२

कर्णाली नदी माथिको झोलुंगे पुलको जाली फुत्किँदा फसे दर्जन खच्चर

जेठ २७ गते २०८१
12:19 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।

‘सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं,’
उनले भने, ‘टोली त्यहाँ पुग्दै होला । बाँकी बुझ्दैछौं ।’

रिप्लाई गर्नुहोस