07:00AM
जेठ १ गते २०८२

मापसे गरेर कारबाहीमा परेका ६ सय ४ जनालाई सडकमा ट्राफिकसँगै खटाइयो

जेठ १६ गते २०८१
2:25 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः ट्राफिक प्रहरीले मादक पदार्थ सेवन(मापसे) गरेर कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकको रूपमा सडकमा खटाइएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा फेसबुक स्टाटस लेख्दै महिनावारी भएका ट्रफिक प्रहरीलाई चारदिन सडकमा नखटाइने र त्यसको साटो मापसे गरेका सवारी चालकलाई खटाइने बताएका थिए ।

त्यसको एकदिन पछि नै उनको स्टाट्सलाई ट्राफिक प्रहरीले कार्यान्यनमा ल्याएको हो । बुधबार मापसे गरेर कारबाहीमा परेका ६ सय ४ जनालाई मापसे कक्षा पछि सडकमा स्वयंसेवकको रूपमा खटाइएको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई उपत्यकाको विभिन्न नौ ठाउँमा खटाइएको उनको भनाइ छ ।

रिप्लाई गर्नुहोस