10:37PM
माघ ३० गते २०८१

दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या

वैशाख २९ गते २०८१
8:30 PM
Author Avatar
आर्थिक मञ्च

दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका १० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए ।

प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका २ घर भई घोराही उपमहानगरपालिका १७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको उनले बताए ।

प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का लगाएर अनुसन्धान जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस