11:07PM
माघ ३० गते २०८१

नक्कली लाइसेन्स प्रकरणमा दुई जना पक्राउ

वैशाख २५ गते २०८१
7:06 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यकुमार चौधरी र वसन्त पाण्डे छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् ।

योसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेहरूको संख्या ९ पुगेको छ । यसअघि सीआईबीले यातायात कार्यालयका ३ जना कर्मचारी र ४ जना लाइसेन्स लिने व्यक्तिलाई पक्राउ गरेको थियो ।पक्राउ परेकाहरूविरुद्ध सीआईबीले कीर्तेको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

रिप्लाई गर्नुहोस