बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज पण्डितले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको बताए । उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
