कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्की बाट दुई जनालाई पक्राउ

काठमाडौं । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी पसन्तकुमार शर्माका अनुसार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेका थिए ।
उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको उनले बताए । दुवै जना सोही विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमबार सामाजिक विषयको परीक्षा भएको थियो ।
