07:06PM
चैत्र २ गते २०८१

धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

वैशाख १३ गते २०८१
2:30 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

रिप्लाई गर्नुहोस