09:44PM
चैत्र १३ गते २०८१

मकवानपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ

चैत्र ३० गते २०८०
8:33 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ का दुई नाबालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । १४ र १६ वर्षका दुई नाबालिकामाथि शिवम् सिमेन्टमा चुनढुङ्गा ओसारपसार गर्ने दुई जना टिप्पर चालकमाथि बलात्कारको आरोप लागेको हो । मकवानपुर प्रहरीले उनीहरूलाई २८ चैत बुधबार पक्राउ गरेको हो ।

डीएसपी लक्ष्मी भण्डारीले आरोपीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए । दुई जना छात्राले बुधबार नै जिल्ला प्रहरी कार्यालयमा परिवारसहित पुगेर घटनाबारे जानकारी गराएका थिए । जाहेरीमा २५ चैतमा मकवानपुरगढीको ७ नम्बर वडामा बलात्कारको घटना भएको जनाइएको छ । ‘२५ गते बलात्कार भएको भनिएको छ । हामीले घटनास्थल लगायतका विषयमा अनुसन्धान गरिरहेका छौं’ डीएसपी भण्डारीले भने ।

रिप्लाई गर्नुहोस