02:57PM
चैत्र १४ गते २०८१

मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

चैत्र २९ गते २०८०
11:40 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका १ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घले रहेका छन् ।

उनलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।

एसपी फुयाँलका अनुसार आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार तलब दिने काममा लगाइ दिने भन्‍दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्‍याएको र उक्त स्थानबाट भिजिट भिसामा श्रीलंकाको कोलम्वोमा प स्थानीय एजेन्टलाई जिम्मा लगाएको खुल्न आएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

रिप्लाई गर्नुहोस