01:59AM
जेठ ११ गते २०८२

काठमाडौंमा शुरु भयो पाँचदिने मध्यस्थता सम्बन्धी तालिम

चैत्र २० गते २०८०
8:14 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपालमध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धिततालिम शुरु भएको छ । सर्वोच्च अदालतकान्यायाधीश सुनिलकुमार पोख्रेलले एक समारोहकाबीचतालिमको शुभारम्भ गर्नुभयो । कार्यक्रममाबोल्दै न्यायाधीशपोख्रेलले नेपालमामध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकतापूर्ति गर्न यस्ता तालिमकार्यक्रमनिकै महत्वपूर्ण हुने बताउनु भयो ।


परिषद्का अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले पक्षविपक्षलाई राखेर गरिने मध्यस्थताकाक्रममाअपनाइने विभिन्नप्रक्रियाकाबारेमाजानकारी राख्न यो तालिमनिकै उपयोगीहुने बताउनु भयो ।उहाँले भन्नुभयो, तालिमले मध्यस्थता गर्ने जनशक्तिमात्रै नभएर गुणस्तरीय जनशक्तिउत्पादनमा जोड दिएको छ ।


उक्तअवसरमा सर्वोच्च अदालतबार एशोसियसनकाअध्यक्ष हरिशंकर निरौला, उच्चअदालतबार एशोसियसनकाअध्यक्षशान्तिराम खतिवडा, विशेष अदालतबार एशोसियसनका संयोजक चुडामणि पौडेल, जिल्लाबार एशोसिएसनललितपुरका अध्यक्ष रामश्रेष्ठ र एडभोकेट सोसाइटी नेपालकाअध्यक्षअर्जुन प्रसाद ढकालले तालिमको महत्व र आवश्यकताकाबारेमाआआफ्नो मन्तव्य राख्नु भएको थियो ।


पाँचदिनसम्मचल्ने उक्ततालिममामुलुककाविभिन्न जिल्लाबाट ४२जनाको सहभागिता रहेको छ । विभिन्नविधाका विज्ञ प्रशिक्षकहरुले मध्यस्थता सम्बन्धिविभिन्नपक्षकाबारेमा प्रशिक्षण दिनुहुने छ ।

रिप्लाई गर्नुहोस