11:11PM
माघ ३० गते २०८१

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष घुससहित पक्राउ

चैत्र १९ गते २०८०
10:10 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिलाई आइतबार १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो। उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

रिप्लाई गर्नुहोस