कास्कीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु १० जना घाइते

काठमाडौं । कास्कीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पोखराबाट सल्यान गाउँ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा पोखरा पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार छन्।
कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुर्यबहादुर रानाका अनुसार जीपमा सवार चालकसहित १० जना घाइते भएका छन्। घाइतेको उपचार गर्न पोखराको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
पोखराबाट अन्नपूर्ण गाउँपालिकाको सल्यान गाउँ जाँदै गरेको जीप सल्लाघारीमा दुर्घटना भएको हो। दुर्घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर रानाले जानकारी दिए।
