गृहमन्त्री लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा घुमुवासादा पोशाकका प्रहरी हटाइयो
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा सादा पोशाकका प्रहरी हटाइएको छ । गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो ।
हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले जानकारी दिए ।
तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको उनले बताए । यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा घुमुवाको रूपमा परिचालन हुँदै आएका थिए ।
