07:24AM
वैशाख १५ गते २०८२

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला

चैत्र १५ गते २०८०
9:20 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । कैलालीको चिसापानी पुलबाट हाम फालेर कर्णाली नदीमा बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ ।

गएको सोमवार होली खेलेपछि कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता हुनुभएको थियो । शाहीको शव टीकापुर सन्कट्टी घाटमा फेला पारेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिनुभयो ।

होली खेलिरहेका युवा फोटो खिच्ने भन्दै कर्णाली पुलमा पुगेका र त्यहाँबाट हाम फालेका थिए । पुलबाट हाम फालेका अरू युवा भने पौडी खेलेर पार लागेका थिए ।

रिप्लाई गर्नुहोस