06:58AM
जेठ १ गते २०८२

एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा बाट दुई जना पक्राउ

चैत्र १५ गते २०८०
9:08 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन् ।

विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ । पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप छ ।

रिप्लाई गर्नुहोस