07:05PM
चैत्र २ गते २०८१

सरकारी कागजात चोरी गरेको आरोपमा पोखरा बाट दुई जनालाई पक्राउ

चैत्र १४ गते २०८०
8:12 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सरकारी कागजात चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुबिर थापा मगर र सोही ठाउँका २९ वर्षीय सरोज थापा मगर छन् ।

गत सोमबार दिउँसो साढे ३ बजेतिर पोखरा महानगरपालिका–८ नयाँबजारस्थित पाखेरा महानगरको स्टोरको रुपमा रहेका भवनको ताल्चा फोडेर महमानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको आरोप उनीहरुमाथि छ ।

चोरी भएका नक्साका २९ वटा फाइलसहित उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धीको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता सूर्यबहादुर रानाले बताए ।

रिप्लाई गर्नुहोस