02:06PM
चैत्र १४ गते २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद

चैत्र १४ गते २०८०
7:47 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो ।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस