त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् । उनको साभबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करहरुले बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई प्रयोग गरी भन्सार छलेर सुन ल्याउने गरेको पाइएको र बरामद उक्त सुन पनि सोही प्रकृतिको रहेको प्रहरीको दाबी छ ।
