02:51PM
कार्तिक २७ गते २०८१

महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ

फागुन २८ गते २०८०
9:27 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं। महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका १२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक असई शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

आइतबार साँझ साढे ५ बजे दुबैजनालाई गैरीटोलबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

स्थानीय एक व्यक्तिले ठेक्का लिएको जग्गाको विवादमा अदालतमा छलफल गराइदिने भनी उनीहरुले ३०र४० हजार रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीले अख्तियारमा दिएको पूर्वउजुरीको आधारमा पछयाएर २० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेर दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

रिप्लाई गर्नुहोस