01:14AM
असार ३ गते २०८२

क्रिप्टो कारोबारमा ८ जना भारतीय नागरिकलाई पक्राउ

फागुन २७ गते २०८०
8:13 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । विभागका एक उच्च अधिकृतका अनुसार, उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ ।

‘पछिल्लो सुन तस्करीको पेमेन्टसँग जोडिने गरेको क्रिप्टो कारोबार गरेको हुनसक्ने आशंका छ’, विभागका एक अधिकृतले भने, ‘त्यसमा संलग्न पुष्टि हुने तथ्यहरु संकलन गरिरहेका छौं ।’ उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको एक अनुसन्धान अधिकृतले बताए ।

पक्राउ परेकामध्ये अमिरुदिन नामक भारतीय नागरिकले स्वयम्भुमा कोठा भाडामा लिएर शंकास्पद गतिविधि गरिरहेको सूचना विभागले पाएको थियो । त्यसपछि छापा मारेर भारतीय नागरिक ध्रुव शर्मा, प्रिन्स शर्मा, रोहित कश्यप, दिपांशु शर्मा लगायतलाई नियन्त्रणमा लिइएको एक अनुसन्धान अधिकृतले बताए ।

थप अनुसन्धान विभागले जारी राखेको छ । डिजिटल फरेन्सिकको रिपोर्ट आएपछि उनीहरुको संलग्नताबारे स्पष्ट बताउन सकिने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

रिप्लाई गर्नुहोस