12:15AM
जेठ ११ गते २०८२

मकवानपुरमा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

फागुन २७ गते २०८०
7:47 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । मकवानपुरमा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना सुनसरीको कोशी गाउँपालिका–४ बस्ने वर्ष ३२ का निजाम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

वीरगञ्जबाट नारायणघाटतर्फ गुडिरहेको भारतीय नम्बर प्लेटको कारको सिटमुनि लुकाइछिपाइ ल्याएको रकमसहित आज चार जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेकाको साथबाट पाँच लाख ४९ हजार एक सय भारतीय रुपैयाँ र दुई लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ । सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ ।

रिप्लाई गर्नुहोस