12:25AM
जेठ ११ गते २०८२

शिवरात्रिको सुरक्षाका लागि चार हजार प्रहरी परिचालन

फागुन २४ गते २०८०
7:23 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । उपत्यका प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना ल्याएको छ । शिवरात्रिको अवसरमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजनर राख्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा योजना ल्याएको हो ।

शिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरू आउने गरेका छन् । भक्तजनहरूको अत्यधिक भीडमा आपराधिक गतिविधि हुनसक्ने भन्दै प्रहरीले योजना ल्याएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।


बिहीबारदेखि नै काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीको कमाण्डमा शिवरात्रिको सुरक्षाका लागि तीन सिफ्टमा तीन हजार ७२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै, सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी चार हजार ९४ प्रहरी प्रत्यक्ष खटिने छन् । त्योबाहेक भीडभाडका कारण कसैलाई समस्या भए उपचारका लागि एम्बुलेन्ससहित प्रहरी अस्पतालबाट चिकित्सक एम्बुलेन्ससहित खटिनेछन् । शिवरात्रि पर्व शुक्रबार भोलि छ ।

रिप्लाई गर्नुहोस