बालबिबाह मुद्दामा फरार २ जनालाई पक्राउ

काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय कास्कीले बालबिबाह मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत कास्कीले माघ १० गते सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ दाखिला गर्न फैसला गरेको थियो । त्यसमा उनले २ महिना १८ दिन कैद सजाय र २ हजार ५ सय रुपैयाँसहित २ सय भुक्तान गर्न बाँकी छ ।
सोही ठाउँकी विनिता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय रुपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न बाँकी छ ।
फरार सूचीमा रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पोखरा १, हरिचोकबाट फागुन १६ गते पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।