02:34PM
कार्तिक २७ गते २०८१

कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

फागुन १४ गते २०८०
7:12 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् ।

आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावी सहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पीडित आफैं अदालत जान पाउँछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन् ।

यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

रिप्लाई गर्नुहोस