01:27AM
जेठ ११ गते २०८२

चावहिलकाे पशुपति क्याम्पसमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा

फागुन ११ गते २०८०
7:31 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाण्डौको चावहिलमा रहेको पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप लाई मध्यनजर गर्दै नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याइको बैंकले जनाएको छ । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टरको सङ्ख्या ६५ वटा पुगेको छ ।

नयाँ एक्सटेन्शन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

रिप्लाई गर्नुहोस