01:06AM
असार ३ गते २०८२

जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति

फागुन ५ गते २०८०
10:32 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । शुक्रवार साँझ अमृत शाहीले स्टोर गरेर राखेको फर्निचर गोदाममा आगलागी भएको हो ।

चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम खाजा घर एण्ड रेस्टुरेन्ट’ बन्द गरेर शाहीले फर्निचर स्टोर गरेर राखेको प्रहरी वृत्त नयाँ बानेश्वरका एजकना अधिकृतले बताए । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन ।

रिप्लाई गर्नुहोस