01:40AM
जेठ ११ गते २०८२

जसपाको मधेस प्रदेश समिति पुनर्गठन

फागुन १ गते २०८०
8:48 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ । पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेस प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ । त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुङ्गो लगाइएको छ ।

साथै वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ ।  महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको छ ।

मधेस प्रदेश समिति पुनर्गठन भएसँगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएका छन् ।

रिप्लाई गर्नुहोस