06:20PM
चैत्र २ गते २०८१

१५ लाख रुपैयाँ घुससहित बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष पक्राउ

माघ २६ गते २०८०
7:29 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बादेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गएको ३ गते घुस रकमसहित पक्राउ परेका थिए । आयोगको टोलीले अध्यक्ष बादेको साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ पनि बरामद गरेको छ ।

रिप्लाई गर्नुहोस