07:10AM
असार २० गते २०८२

दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

माघ २५ गते २०८०
8:35 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने शिक्षा समितिको बैठकमा सुरक्षा मुद्रण विधेयकबारे छलफल गरिने कार्यसूची छ।

बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैंगिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुने कार्यसूची छ।

रिप्लाई गर्नुहोस