01:33AM
जेठ ११ गते २०८२

नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार 

माघ १९ गते २०८०
9:27 PM
Author Avatar
आर्थिक मञ्च

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।

ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक मदन थापाले जानकारी दिनुभयो । छुरा प्रहार गर्ने रौतहटको राजपुर नगरपालिका–१ घर भएका यमामुद्दिन देमानलाई प्रहरीले पक्राउ गरेको छ ।

छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस