05:49AM
असार १७ गते २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ हजार रुपैयाँ घुससहित अमिन पक्राउ

माघ १७ गते २०८०
6:33 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ ।

नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस