प्रेस काउन्सिल ऐन संशोधन हुनुपर्छ: अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरूको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।
काउन्सिलले शुक्रवार आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नयाँ मिडियाले ल्याएको चुनौती समाधान गर्नका लागि उक्त ऐनका केही दफा संशोधन गर्न जरुरी भएको बताएका हुन्।
‘डिजिटल प्लेटफर्म मार्फत सञ्चालित सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि अहिले भएकै प्रेस काउन्सिल ऐनका केही दफा हेरफेर गरे पुग्छ । सरकारले चाह्यो भने यो प्रक्रिया चाँडै टुङ्गो समेत लाग्छ’, अध्यक्ष बस्नेतको सुझाव दिँदै भने, ‘नियमनकै लागि वर्षौँ लगाएर नयाँ ऐन ल्याइरहनु पर्दैन । कानुनको नाम फेरेर भन्दा पनि भइरहेको कानुनमा के थपघट गर्ने हो त्यसतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।’प्रेस काउन्सिल नेपालको भवन । तस्बिरस् केटिएम दैनिक
उनले केही नेपाल ऐन संशोधन गर्ने विधेयक मार्फत छोटो बाटोबाट अनलाइन र सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्न सकिने जनाए।नयाँ खुलेका अनलाइनका सम्पादक, प्रकाशकहरू सहभागी कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको र त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने भनाई राखे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले काउन्सिलले अनलाइनलाई मर्यादित र जिम्मेवार बनाउन सृजनात्मक काम गर्दै आएकोमा प्रशंसा गरे । विगतमा कतिपय पत्रकार आचारसंहिता उल्लङ्घनको कारबाहीमा पर्दा आचारसंहिता हुन्छ भन्ने गुनासो आउने गरेको थियो । यस्ता अभिमुखीकरणले त्यो समस्या हल गरेको छ, पोखरेल भने ।
काउन्सिलका बोर्ड सदस्य दिपक पाण्डेले नयाँ दर्ता भएका अनलाइनहरूले समाजलाई सही दिशामा लैजाने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याए । काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकारले कुनै पनि समाज, वर्गलाई चोट नपुर्याउन, सामाजिक सद्भाव नबिथोल्न सजग हुनुपर्नेमा जोड दिए । उनले काउन्सिलबाट जारी भएका सञ्चार निर्देशिकाबारे सहजीकरण गरेका थिए । राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य एवम् विषय विज्ञ डिल्लीराम भट्टराईले आचारसंहिता र काउन्सिलले जारी गरेका निर्देशिकाहरूको पालना गर्दा पेशागत मर्यादा र गरिमा बढ्ने बताए । ‘स्वच्छ पत्रकारिताको नमुना देखाउन यस्ता कार्यक्रम फलदायी हुन्छ, भट्टराईले भने ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालले पत्रकारितामा कोही रहरले आउने त कोही झ्वाम्म हाम फाल्ने लगायतका प्रवृत्ति देखिएको उल्लेख गरे ।
काउन्सिलले नयाँ सूचीकरण हुन आएका अनलाइन पत्रिकाका सञ्चालकहरूलाई सूचीकरण प्रमाणपत्र प्रदान गर्नु पहिले यस्तो अभिमुखीकरण दिँदै आएको छ । आजको कार्यक्रम यसैको ३५ औँ शृङ्खला हो ।
यो पढ्न छुटाउनु भयो कि
६ महिनामा ४५ सञ्चार माध्यमलाई काउन्सिलले गर्यो कारबाही
अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ स सञ्चारमन्त्री शर्मा
अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना
सञ्चार माध्यमको मास्टहेड दुरुपयोग भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण
८४ वटा सञ्चार माध्यमले प्रकाशनरप्रशारण गरे आचारसंहिता प्रतिकूल सामग्री
