06:23PM
चैत्र २ गते २०८१

भिजिट भिसाको नयाँ कार्यविधि तीन पुस्ते प्रमाणपत्र र दुईतर्फी हवाई टिकट चाहिने

माघ ९ गते २०८०
8:43 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको छ । सोहीअनुसार आज मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि यात्रा परामर्श सूचना जारी गरेको छ ।

यससँगै २०७८ फागुन २५ मा जारी कार्यविधि निष्क्रिय भएको छ । यो जानकारी ट्राभल एड्भाइजरीुका रूपमा श्रम तथा रोजगार मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाइने मन्त्रालयले जनाएको छ ।

यस्तो छ भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि

१. ६ महिनाको वैध अवधि भए‌को राहदानी ।

२. गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

३. दुईतर्फी हवाई टिकट ।

४. भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

५. भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण ९नगद वा डेविटरक्रेडिट कार्ड ।

६. संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने छ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार बर्डेन अफ प्रुफ सम्बन्धित व्यक्तिमा रहने छ । स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने छ ।

रिप्लाई गर्नुहोस