07:30PM
चैत्र २ गते २०८१

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी लक्ष्मी पुनलाई कामकाज नगर्नरनगराउन अन्तरिम आदेश जारी

माघ ८ गते २०८०
11:50 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।


योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

रिप्लाई गर्नुहोस