01:32AM
जेठ ११ गते २०८२

कुमारी बैंकको खराब कर्जा बढेर पाँच प्रतिशत नजिक

माघ ७ गते २०८०
11:33 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । कुमारी बैंकको खराब कर्जा बढेर पाँच प्रतिशत नजिक पुगेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र०८१ को दोस्रो अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ४.९७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशत थियो ।


खराब कर्जा बढ्दै गएपछि बैंकको नाफामा पनि प्रत्यक्ष असर देखिएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब एक करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १४.३१ प्रतिशतले घटेको छ । बैंकले तीन खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

रिप्लाई गर्नुहोस