02:00PM
चैत्र १४ गते २०८१

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै

माघ ३ गते २०८०
9:29 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो । आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए । गत पुस २९ गते मधेश सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको थियो ।

रिप्लाई गर्नुहोस