एएफसी एसियन कप फुटबलमा जापानले भियतनामलाई ४–२ गोलले हरायो
काठमाण्डौ । एएफसी एसियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेको छ । कतारको अल थुमाना स्टेडियममा आज भएको खेलमा जापानले भियतनामलाई ४–२ गोलले हरायो ।
जापानका तकुमी मिनामिनोले २ तथा केतो नकामुरा र एसे उदेले १र१ गोल गरे । भियतनामका एनगुएन डिन बाक र फाम टौन हाईले १र१ गोल गरे । यो जितसँगै जापान २ अङ्कसहित समूह डी को शीर्ष स्थानमा छ ।
प्रतियोगितामा आजै राति समूह सी को खेलमा राति सवा १० बजे यूएई र हङकङ तथा समूह सी कै अर्को खेलमा इरान र प्यालेस्टिन खेल्दैछन् ।
प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।
