01:31AM
जेठ ११ गते २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी माघ ४ गते युगान्डा प्रस्थान गर्ने

पौष २९ गते २०८०
7:54 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन नामको १९औं शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री प्रचण्डले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। नाम सम्मेलनमा सहभागी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सम्मानमा सोही दिन गणतन्त्र युगाण्डाका राष्ट्रपति योएरी कगुटा मुसेभेनीले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्।

प्रधानमन्त्रीले शिखर सम्मेलनका क्रममा विभिन्न राष्ट्रका सरकार प्रमुख, राष्ट्राध्यक्ष एवं उच्चपदस्थ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल माघ ७ गते स्वदेश फर्किनेछन्।

रिप्लाई गर्नुहोस