05:08AM
असार १६ गते २०८२

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पौष २८ गते २०८०
10:23 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ । जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् । लिग चरणमा कुल ४५ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ ।अर्को यसपटक प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ र कुल ३ मैदानमा खेलाइनेछ । जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन् ।पहिलो दिन तीन खेल सुरु भएका छन् । उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा सुरु भएको छ ।यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा तय भएको छ । सिद्धार्थ मैदानमा हुने खेल भने मौसमका कारण केही ढिला भएको छ ।नेपाल यू १९ राष्ट्रिय क्रिकेट टोली हाल यू १९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेकोले देव खनाल, गुल्शन झा, आकाश चन्द, दिपेश कँडेल जस्ता खेलाडी प्रधानमन्त्री कपमा देखिने छैनन् ।

रिप्लाई गर्नुहोस