11:54PM
माघ ३० गते २०८१

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

पौष २६ गते २०८०
9:46 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् । मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार सुनारसँगै रहेका उनका साथी पनि घाइते छन् । उनले नै सुनारको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए । योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त खबरबारे थप जानकारी दिने छ । थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताएका छन् । उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।

रिप्लाई गर्नुहोस