प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाने भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाने भएका छन् ।
आगामी ५ देखि ६ माघसम्म युगाण्डाको राजधानी काम्पालामा हुन लागेको असंलग्न आन्दालोनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री जाने भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसअघि ३ देखि ४ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । यस्तै त्यसअघि १ र २ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि जाने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।