03:06PM
श्रावण ४ गते २०८२

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायमै

जेठ ३१ गते २०८२
5:12 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन । यसैबीच केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ । माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।

रिप्लाई गर्नुहोस