11:21PM
चैत्र १३ गते २०८१

वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ

पौष २४ गते २०८०
8:04 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्यान्ड, सर्बिया र मलेसियामा पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ परेका छन् । सरिता घलानसहितका व्यक्तिलाई सर्बिया पठाइदिन्छु भनेर आठ लाख ९० हजार रुपैयाँ लिएर फरार भएका उदयपुरको कटारी घर भएका विकास कुमार घले र सञ्जय लामालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यस्तै पोल्यान्ड पठाइदिन्छु भनी दुई लाख १५ हजार रुपैयाँ ठगी गर्ने दोलखाको भीमेश्वर घर भई अहिले काठमाण्डौ बस्ने पूजा श्रेष्ठ पनि पक्राउ परेकी छिन् । उनले पोल्यान्ड जान साढे आठ लाख रुपैयाँ लाग्छ र गएपछि मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर ठगेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट घर भई काठमाण्डौ बस्ने बिन्दालाल साह पनि पक्राउ परेका छन् । उनले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी रकम लिएर सम्पर्कविहीन भएका थिए । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस