08:24AM
जेठ १ गते २०८२

हेलिकप्टर पर्खिँदा पर्खिँदै हुम्लाकी १२ दिने सुत्केरीकाे ज्यान गयाे

पौष २४ गते २०८०
8:06 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । बाजुरामा एक जना १२ दिनकी सुत्केरीको ज्यान गएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षकी अन्सु बुढाको ज्यान गएको हो ।

यही पुस १२ गते ताजाकोटको स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उहाँको परिवारले थप उपचारका लागि कोल्टीमा ल्याएका कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा। रञ्जित शाहले जानकारी दिनुभयो ।

हिजो कोल्टीमा ल्याउँदा अवस्था जटिल भएकोले अन्यत्र लैजान भनेको र परिवारले हेलिकप्टरको माग गरेकोमा पर्खँदा पर्खँदै बुढाको ज्यान गएको शाहले बताउनुभयो । सुत्केरी भएको १२ औँ दिनसम्म स्वास्थ्य अवस्था सामान्य रहेकोमा एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको मृतकका परिवारले बताएका छन् ।

रिप्लाई गर्नुहोस