01:50PM
असार २ गते २०८१

बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब

पौष २४ गते २०८०
7:35 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ । निकुञ्जमा नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा दाह्रा र गैंडाको खाग गायब भएको विषय बाहिर आएको हो । यद्यपि, भण्डारीभन्दा अघिका वार्डेन विष्णुप्रसाद श्रेष्ठले आफू कार्यरत् रहँदा बाघको दाह्रा र गैंडाको खाग गोदामबाट हराएको थाहा पाइसकेका थिए ।

छानबिनमा संलग्नहरुका अनुसार, उनीहरुले यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई समेत जानकारी गराएका थिएनन् । अनलाइनखबरसँग कुराकानीका क्रममा भने श्रेष्ठले आफूलाई बाघको दाह्रा र गैंडाको खाग हराएकोबारे जानकारी नभएको दाबी गरे । स्टोर निरीक्षण गरेर त्यतिबेलै प्रमाणित गरेर बुझाएर म हिँडेको हुँ’, उनले भने, ‘त्यतिबेला हराएको विषयवस्तु नै आएको थिएन ।’ श्रेष्ठको सरुवा भएर भण्डारी गएपछि हराएको थाहा हुँदा २२ असोज २०७९ मा विभागलाई यसबारे पत्राचार भएको थियो ।

निकुञ्ज विभागले अनुसन्धान अधिकृत मनोज शाहको नेतृत्वमा कानून मन्त्रालय, नेपाली सेनाको जंगीअड्डा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी समेतको प्रतिनिधित्व हुने गरी छानबिन समिति गठन गरेको थियो । समितिले स्टोरकिपर सिनियर गेमस्काउट सुभासकुमार थारु र गेमस्काउट उपारसिंह लामालाई शंकास्पद मान्दै निलम्बन गरेर छानबिन गर्नुपर्ने भनेको थियो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उनीहरुलाई सरुवा मात्र गरेर छाडेको छ ।

यसरी गायब भयो दाह्रा र खाग
निकुञ्जबाट हराएको आखेटोपहार हराएकोबारे छानबिन गर्न बनेको समितिका सदस्यहरु स्थलगत अध्ययनमा जाँदा भण्डारण कक्ष एकदमै अव्यवस्थित पाइएको समितिका एक सदस्य बताउँछन् । ‘महिला कर्मचारीको आवासीय भवनको पुरानो कोठामा आखेटोपहार भण्डारण गर्ने गरेको पाइएको छ’, उनले भने, ‘निकै अव्यवस्थित भण्डारण कक्षको कोठाको कब्जा उक्काइएको छ भने त्यसभित्र रहेको बाकसको एउटा ताला र चुकुलसहितको कब्जा पनि उक्काएको भेटिएको छ ।’

रिप्लाई गर्नुहोस