09:50PM
असार ९ गते २०८२

केकमा गाँजा मिसाएर बेचेको आरोपमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक जनालाई पक्राउ

पौष २२ गते २०८०
7:32 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । केकमा गाँजा मिसाएर बेचेको आरोपमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर १९ घट्टेकुलो बस्ने २६ वर्षका विशन मानन्धरलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

इन्स्टाग्राममा अकाउन्ट बनाई त्यसमार्फत प्रचार गरेर गाँजा मिसाएको केक बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा मान्नधरलाई घरबाटै पक्राउ गरेको एसपी जोशीले बताउनुभयो । मानन्धरको कोठाबाट प्रहरीले एक सय २१ ग्राम गाँजाको धुलो, तयारी अवस्थाको केकको झोल, तीन किलो सात सय ५४ ग्राम गाँजा लगायत बरामद गरेको छ । उनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसाएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताउनुभयो ।

रिप्लाई गर्नुहोस